Sunday, March 14, 2010

हिड्न नपाएको

धेरै दिन भो सँगै बोली हिडेको म छैन
घाँस काट्न खोला खोली हिडेको म छैन

प्रेममा पसिएका घाइतेहरूलाई सोध्नु
प्रेमी - प्रेमीको जोली हिडेको म छैन

जन्मदै म गम पिएँ आँशुहरु खसालें
खुसिहरु भरेर झोली हिडेको म छैन

गुनासो पोख्छु आफ्नै भाग्यको अभागी
प्रेम मा आगोले पोली हिडेको म छैन

घमासान युद्ध चर्कन्छ भन्छन प्रेममा
आफु देह ठोकेर गोली हिडेको म छैन


मनसुन

No comments:

Post a Comment

About Me

My photo
Syangja Nepal, Nepal