धेरै दिन भो सँगै बोली हिडेको म छैन
घाँस काट्न खोला खोली हिडेको म छैन
प्रेममा पसिएका घाइतेहरूलाई सोध्नु
प्रेमी - प्रेमीको जोली हिडेको म छैन
जन्मदै म गम पिएँ आँशुहरु खसालें
खुसिहरु भरेर झोली हिडेको म छैन
गुनासो पोख्छु आफ्नै भाग्यको अभागी
प्रेम मा आगोले पोली हिडेको म छैन
घमासान युद्ध चर्कन्छ भन्छन प्रेममा
आफु देह ठोकेर गोली हिडेको म छैन
मनसुन
Sunday, March 14, 2010
न त चिन्न सकें
न त चिन्न सकें न त जान्न सकेंन त म तिमीलाई साथी मान्न सकें
बाटोमा भेटेंथें बाटोमै हराएछौ तिमीयी नज़रले तिम्रा नज़र म हान्न सकें
हावाको वेग झैँ पलमै बिलायौ तिमीन यी हातले तिमी म मा तान्न सकें
धोकेवाज को जमघटमा थियौ तिमीचाहरें खोजें नत म तिमी छान्न सकें
पिंडा वेदनाको भार अझ बढ्यो म माबग्दा आँशुका धारा कहाँ म धान्न सकें
मनसुन
Subscribe to:
Posts (Atom)